साफ च्याम्पियनसिप फुटबल बंगलादेशमा हुने

काठमाडौं। साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अर्को वर्ष बंगलादेशमा हुने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको हो।

दक्षिण एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता २०७८ साल कात्तिक २८ गतेदेखि मंसिर ११ सम्म हुने तय भएको हो।
पूर्व तालिका अनुसार साफ यसै वर्ष हुनुपर्ने थियो। तर कोरोनाका कारण अर्को वर्ष प्रतियोगिता सारिएको छ।

यस्तै, बैठकले साफका उमेर समुहका प्रतियोगिताको मिति समेत टुङ्गो लगाएको छ। निर्णय अनुसार महिलाका यू–१६ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने र यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन हुने भएको छ।

अन्य सम्बन्धित समाचार:  त्रिकोणात्मक सिरिजः नेदरल्यान्ड्ससँग मलेसिया पराजित

त्यस्तै, पुरुषतर्फको यू–१५ अक्टोबर १ देखि १० सम्म सञ्चाल गर्ने निर्णय भएको छ। यस्तै, पुरुषकै यू–१५ अक्टोबर १ देखि १० सम्म र यू–१८ अक्टोबर १५ देखि २४ सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ।