जीपको ठक्करबाट दाङमा पैदलयात्रीको मृत्यु

काठमाडौं। जीपको ठक्करबाट दाङको लमहीमा एक जनाको मृत्यु भएको छ। लु २ च ५६६४ नम्बरको जीपले सोमबार साँझ लमही नगरपालिका ५ नर्तीमा ठक्कर दिँदा पैदलयात्री प्यूठानको मल्लरानी गाउँपालिका –५, का ३७ वर्षीय गोकर्ण बुढाथोकीको मुत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते बुढाथोकीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  तालाबन्दी नखुल्दा सेवाग्राही मारमा