राजा वीरेन्द्रको ७६ औं जन्मजयन्ती मनाईंदै

काठमाडौं। तत्कालिन राजा वीरेन्द्र शाहको ७६ औं जन्मजयन्ती मंगलबार उनको सम्झना गरि मनाईंदैछ। विसं. २००२ साल पुष १४ गते जन्मिएका उनको २०५८ साल जेठ १९ मा राजदरवार हत्याकाण्डमा निधन भएको थियो।

विसंं २०२८ सालमा उनी नेपालका राजा भएका थिए। पारिवारिक जमघटको समयमा जेठ १९ गते दरबारभित्र चलेको गोलीकाण्डबाट उनको निधन भएको हो। सो क्रममा रानी ऐश्वर्य, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी श्रुति लगायत आफन्तहरुको पनि निधन भएको थियो। दरबार हत्याकाण्ड आजसम्म रहस्यमै रहेको छ।

२०१७ सालमा राजा महेन्द्रले स्थापना गरेको पञ्चायती शासन विरुद्ध आन्दोलन चर्किंदै गएपछि वीरेन्द्रले २०३६ सालमा जनमत संग्रह गराएका थिए। उनले कांग्रेस र वाम आन्दोलन चर्किएपछि २०४६ सालमा पञ्चायती व्यवस्था हटाई प्रजातन्त्र पुनः स्थापना गर्दै आफूलाई संबैधानिक राजाको रुपमा सिमिति राखेका थिए।

अन्य सम्बन्धित समाचार:  ओलीले डाकेको सर्वदलीय बैठक प्रचण्डद्धारा बहिस्कार

उनलाई प्रजातान्त्रिक राजाको रुपमा पनि हेर्ने गरिन्छ। विक्रम सम्बत् २००२ पुस १४ गते तत्कालिन राजा महेन्द्र र रानी इन्द्र राज्यलक्ष्मीको पहिलो पुत्रका रुपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको निधनपछि २०२८ माघमा राजगद्दी सम्हालेका थिए।