नेकपा विवाद मिलाउन आएको चिनियाँ टोली देउवा निवासमा

काठमाडौँ। नेकपाको विवाद मिलाउन नेपाल आएको चिनियाँ प्रतिनिधिमण्डल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्न उनको निवास बुढानिलकण्ठ पुगेको छ।

आइतबार नेपाल आएको चिनियाँ टोलीले दुई दिन लगातार नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुलाई भेटेपछि आज देउवासहितको कांग्रेस नेताहरुसित छलफल गर्न लागेको हो।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोसहितको टोली देउवासँग वार्ता गर्न अहिले बुढानिलकण्ठमा व्यस्त छ। टोलीले बुढानिलकण्ठमा कांग्रेसका अन्य नेतासँग पनि वार्ता गर्ने बताइएको छ।

यसअघि चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत भेटेको थियो। टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि सोमबार भेट गरेको थियो। सभामुख अग्नि सापकोटासँग पनि टोलीले भेटवार्ता गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  प्रदेश २ः एमाले प्रवेश गरेका चार प्रदेशसभा सदस्य पदमुक्त