विरोधसभाका कारण प्रदर्शनीमार्गमा सवारी साधन डाइभर्ट

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध सभाका कारण काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गको सडक प्रभावित भएको छ। प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनका लागि प्रदर्शनीमार्गमा मञ्च बनाएपछि पद्मोदय मोड भृकुटीमण्डप सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाइएको हो।

मङ्गलबार बिहानैदेखि उक्त सडकखण्ड भएर चल्ने गाडीहरुलाई डाइभर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।मुख्य सडकबाट सवारीसाधन डाइभर्ट गर्दा वैकल्पिक सडकहरुमासमेत चाप बढेको छ।

यस्तै, प्रतिनिधिसभा भङ्ग भएसँगै भइरहेको विरोध प्रदर्शनका कारण उपत्यकाको सडक अस्तव्यस्त बन्न थालेको छ। सडकमा सवारी आवागमन प्रभावित हुँदै आएको छ।

प्रदर्शनका कारण उपत्यकाका धेरै ठाउँमा जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ। कार्यालय समय र दिउँसोको समयमा चाप बढ्न सक्ने भन्दै कामका लागि घरबाट निस्कँदा केही समय अगाडि नै निस्कन ट्राफिक प्रहरीको सुझाव छ।

अन्य सम्बन्धित समाचार:  टिपर र बस ठोक्किँदा १७ जना घाइते