यस्ता छन् कमेडी च्याम्पियन सिजन–२ का उत्कृष्ट प्रतियोगीहरु

काठमाडौँ। पछिल्लो वर्ष केही रोमाञ्चक र केही विवादित बनेको हास्य रियालिटी शो कमेडी च्याम्पियनको अर्को सिजन सुरु भएको छ। सिजन–२ को डिजिटल र फिजिकल अडिसन सकिएसँगै उत्कृष्ट २४ प्रतियोगी छानिएका छन्।

पहिलो चरणमा डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरु छानिएपश्चात फिजिकल अडिसनमा सहभागी भएका थिए। दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएका थिए। त्यसबाट छनौटमा परेका १८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो।

केही प्रतियोगीलाई निर्णायकहरुले गोल्डेन कि दिएर छानेका थिए भने बाँकी प्रतियोगीहरु निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन्।

शो फ्रेब्रुरी ६ देखि प्रसारण हुने निर्देशक विशाल भण्डारीले बताए। कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन्।

उत्कृष्ट १६ मा पर्नेहरु

बिक्की अग्रवाल : अग्रवाल कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका पहिलो प्रतियोगी हुन्। भारतको सिक्किम घर भउका अग्रवाल कमेडी च्याम्पियन सिजन–२ मा गोल्डेन कि पाउने पहिलो प्रतियोगी समेत हुन्।

पुष्पराज ओझा : ओझा कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका दोस्रो प्रतियोगी हुन्। धनकुटा घर भएका उनी स्वास्थ्यकर्मी समेत हुन्। उनी सिजन–२ मा गोल्डेन कि पाउने दोस्रो प्रतियोगी पनि हुन्।

तपेश्वर सिंह : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुग्न सफल सिंह तेस्रो प्रतियोगी हुन्। सिरहा घर भएका उनले फिजिकल अडिसनमा निर्णायकहरुलाई खुबै हँसाएका थिए।

पवन भट्टराई : भारतको आसाम घर भएका भट्टराई चौथो प्रतियोगी हुन्। उनी डिटिभीमा कार्यरत छन्।

श्रेया सुवेदी : झापाको दमक घर भउकी श्रेया पाँचौँ प्रतियोगी हुन्। उनी उत्कृष्ट २४ मा पुगेकी पहिलो महिला प्रतियोगी हुन्।

हिक्मत महरा : बैतडीका महरा छैटौँ प्रतियोगी हुन्। निर्णायकको मन जित्दै उनी उत्कृष्ट २४ मा पुगेका हुन्।

सुदर्शन भाई सुवेदी : इलामका सुवेदी सातौँ प्रतियोगी हुन्। उनी ‘इनडेप्थ स्टोरी’ नामक युट्युब च्यानल पनि संचालन गर्छन्।

एलिश भट्टराई : झापाका भट्टराई कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका आठौँ प्रतियोगी हुन्। उनले एग्रिकल्चर तथा फरेष्ट्री अध्ययन गरेका छन्।

भरतमणि पौडेल : ताप्लेजुङ घर भएका पौडेल कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका नवौँ प्रतियोगी हुन्। उनी आरजे तथा टेक्निसियनका रुपमा पनि कार्यरत छन्।

सुशान्त बस्याल : कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका दशौँ प्रतियोगी हुन् बस्याल। उनी काठमाडौँ निवासी हुन्। निर्णायकहरुको मन जित्दै उनी कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पर्न सफल भएका हुन्।

बिदुर खनाल : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका एघारौँ प्रतियोगी हुन् खनाल। काठमाडौँ निवासी उनी नेपग्याजममा कमेडी गरेर तहल्का मच्चाएका व्यक्ति हुन्।

कैलाश कार्की : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका बाह्रौँ प्रतियोगी हुन् कार्की। सोलुखुम्बु घर भएका उनी कमेडी च्याम्पियन सिजन–१ मा पनि सायरी किङ्गका रुपमा चर्चा कमाएका व्यक्ति हुन्। उनी आरजे पनि हुन्।

प्रभात लामा : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका तेह्रौँ प्रतियोगी हुन् लामा। उनी निर्णायकहरुको मन जित्दै कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पर्न सफल भएका हुन्। आरजे भिजे तथा कलाकारका रुपमा समेत परिचित प्रभातले कमेडी च्याम्पियनमा पनि तहल्का मच्चाउने अनुमान गरिएको छ।

सुन्दर खनाल : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका चौधौँ प्रतियोगी हुन् खनाल। चर्चित कमेडियनका रुपमा चिनिसकिएका उनी स्टाण्डअप कमेडियन, मिमिक्री आर्टिस्ट, कलाकार तथा आरजे र भिजे पनि हुन्। कास्कीको पोखराका उनी कम्पोजरका साथै लेखकका रुपमा पनि परिचित छन्। उनी रेडियोदेखि नेपाल टेलिभिजनमा समेत काम गरिसकेका प्रतियोगी हुन्। साथै युट्युबर समेत हुन्।

आशिष न्यौपाने : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका पन्ध्रौँ प्रतियोगी हुन् न्यौपाने। गोरखाका उनी रेडियो काठमाडौँमा कार्यरत छन्।

विकाश अर्याल : कमेडी च्याम्पियन सिजन–२ को उत्कृष्ट २४ मा पुगेका सोह्रौँ प्रतियोगी हुन् अर्याल। स्याङ्जा निवासी उनले यस अघि नै विभिन्न कमेडी भिडियोहरुमा पनि अभिनय गरिसकेका छन्।