घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

सुनको भाउ

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ८ सय रुपैंयाले घटेको हो।

सोमबार प्रतितोला ९४ हजार ९०० रुपैंयामा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार घटेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रुपैंया कायम भएको छ।

यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले घटेर १ हजार ३०० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?