सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

काठमाडौं। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ। मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई मंगलबार पदमुक्त गरेका हुन्।

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई बर्खास्त गरिएको जानकारी दिए। डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ सालको फागुन ५ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए।

बोहरा सुदूरपश्चिममा ओली समूहका एक्ला मन्त्री हुन् भने मुख्यमन्त्री भट्ट प्रचण्ड–माधव पक्षका हुन्।

अन्य सम्बन्धित समाचार:  प्यूठान जिप दुर्घटना (अपडेट)— मृतककाे संख्या ५ पुग्यो