भारतमा पनि देखियो कोरोनाभाइरसको नयाँ प्रकार

काठमाडौं। पछिल्लो केही हप्तामा बेलायतबाट भारत फर्किएका ६ जनामा कोरोनाभाइरसको नयाँ प्रकार भेटिएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ। कोरोनाको नयाँ प्रकार बढी संक्रामक भएको र यसका लागि पूरा संसार नै चिन्तामा परेका छन्। कोरोनाको नयाँ प्रकार देखिएपछि थुप्रै देशले आफ्नो सीमा सीलसमेत गर्नुपरेको छ।

भारतमा हालसम्म ६ जना व्यक्तिमा कोरोनाको नयाँ प्रकार भेटिएको बताइएको छ। उनीहरु सबैलाई भिन्न राखिएको छ। भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार एक बयान जारी गर्दै सँगै आएका यात्रीको पहिचान गर्ने कार्य भइरहेको बताएको छ। मन्त्रालयले भनेको छ, ‘उनीहरुको सम्पर्कमा आएका मानिसहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ। ’

मन्त्रालयका अनुसार भारतले महिनाको अन्त्यसम्म बेलायतबाट आउने सबै उडानलाई रद्द गरेको छ तर नोभेम्बरको अन्त्यदेखि हालसम्म लगभग ३३ हजार यात्री भारत आइसकेका छन्।

अन्य सम्बन्धित समाचार:  अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइते

मन्त्रालयका अनुसार यी मानिसहरुमध्ये ११४ जना कोरोनाभाइरसद्वारा संक्रमित पाइएका थिए। उनीहरुको नमूनामा नयाँ स्ट्रेनको अनुसन्धान भइरहेको छ। यो स्ट्रेन युरोप र एशियाका केही हिस्सामा पाइएका छन्।