अखाद्य वस्तु भेटिएको सूचनापछि आँगन स्विट्समा प्रहरीकाे छापा

काठमाडौं।

मिठाईमा अखाद्य वस्तु भेटिएको सूचनापछि काठमाडौंको कमलपोखरीमा रहेको आँगन स्विट्समा प्रहरीले छापा मारेको छ।

प्रहरी टोलीले र खाद्य तथा गुण नियन्त्रण कार्यालयले आवश्यक कारबाही अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रमेश विष्टले बताए।

आँगन मिठाईमा यसअघि पनि उपभाेक्ताकाे उजुरीकाे आधारमा गुणस्तर नियन्त्रण विभागले छापा मारेकाे थियाे।