काठमाडौंमा प्रचण्ड-नेपाल समूहको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं। संसद् विघटनविरुद्ध नोपल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहको प्रदर्शन काठमाडौंमा सुरु भएको छ। मंगलबार उपत्यकाका विभिन्न ठाउँबाट जुलुससहितको प्रदर्शन निस्किएको छ।

यो समूहको जुलुस टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्शाल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको छ।

सबै ठाउँबाट आएको जुलुस भृकुटीमण्डपमा पुग्नेछ। त्यहाँ आयोजना हुने विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेकपा सडकमा उत्रिएको छ। यस अघि प्रचण्ड र नेपाललगायतका नेताले माइतिघर मण्डलमा धर्ना दिएका थिए।

 

अन्य सम्बन्धित समाचार:  वैशाख ११ गते धरहरा टावरको उद्घाटन गरिने