आन्दोलनमा सहभागी एक उखु किसानको हृदयघातका कारण निधन

काठमाडौं। चिनी उद्याेगीसँग भुक्तानीकाे माग गर्दै माइतीघरको आन्दोलनमा सहभागी एक ६५ वर्षीय उखु किसानको निधन भएकाे छ।

सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान हृदयघातका कारण शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए।

हृदयघात भएलगतै चाबहिलको हेल्पिङ ह्याण्ड अस्पताल पुर्‍याए पनि अस्पतालले गंगालल रिफर गरेकाे दुई  घण्टापछि उनकाे निधन भएकाे हाे। उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए।

मृतक यादवमाथि बैंकको १८ लाख रुपैयाँ ऋण रहेको कारण उनी अत्यधिक तनावमा रहेकाे उनका अन्य साथीहरुले बताएका छन्।चाबहिलको कृष्ण प्रणामी मन्दिरमा बसेर यादव काठमाडौंमा जारी आन्दोलनमा सहभागी थिए।

अन्य सम्बन्धित समाचार:  सेती नदीमा बेपत्ता युवक परेनन् फेला