रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत कपिलवस्तुको वाणगंगा-७ की ५२ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको हो।

उनमा पुस २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। पुस ३ गते अस्पताल भर्ना भएकी उनको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि