प्रधानमन्त्री ओली संसद्को सामना गर्न नसकेर कायरझैं भागे -गगन थापा

गगन थापा

बाँके। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई कायरको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले राजीनामा नदिएकामा पनि उनले आपत्ति जनाए। नेपालगञ्जमा पत्रकार सम्मेलनमा नेता थापाले प्रधानमन्त्री ओली संसद्को सामना गर्न नसकेर कायरझैं भागेको आरोप लगाए।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानमाथि जालझेल र अपव्याख्या गरेको आरोप पनि  उनकाे थियाे। संसदमा आफूविरुद्धको अविश्वास प्रस्ताव सामना गर्न नसक्ने भएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा नै विघटन गरिदिएको भन्दै थापाले भने, ‘जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ। संसद फेस गर्न नसक्ने? अविश्वास फेस गर्न नसक्ने?’

संसद असंवैधानिक ढंगले भंग गरिएकाले सर्वोच्च अदालतले न्याय दिनुपर्ने भन्दै विवेकको हत्या नगर्न आग्रह गर्दै उनले न्यायाधीहरुसँग भने, ‘अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस्। संविधानमा लेखेको कुरा मात्रै अदालतले हेरे पुग्छ।’

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ

ओलीले गरेको संसद विघटनलाई मान्यता दिइएमा भोलि जुनकुनै प्रधानमन्त्रीले त्यही नजीरमा टेकेर संसद भंग गर्ने चिन्ता उनको थियो।