बन्द विद्यालय तत्काल सञ्चालन गर्न अनेरास्ववियूको माग

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले कोरोना भाइरस महामारीका कारणले बन्द भएका विद्यालय तत्काल संञ्चालन गर्न माग गरेको छ। काठमाडौंमा बसेको दोस्रो पूर्ण बैठकले अवरुद्ध शैक्षिक सत्र, परीक्षा र पठनपाठन यथाशीघ्र शुरु गर्न माग गरेको हो।

शैक्षिक सत्र खर जान नदिनका लागि स्वास्थ्य मापदण्ड पुरा गरेर बाँकी रहेका सबै परिक्षा लिनका लागिसमेत माग गरेको छ।

बैठकले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फागुन १४ मै सम्पन्न गर्न समेत माग गरेको छ। अनेरास्ववियुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमको स्वागत गर्दै संगठनको केन्द्रीय कमिटीलाई ३६५ बाट बढाएर १ हजार ९९ सदस्यीय समेत बताएको छ।

बैठकले यही १९ गते काठमाडौँमा भव्य भेला गर्ने, पौष २२ गते जिल्ला स्तरिय भेला र पौष २५ गते सम्पूर्ण विश्वविद्यालयमा भेला सम्पन्न गर्ने निर्णय समेत गरेको छ।

अन्य सम्बन्धित समाचार:  एमसीसीको विरोधमा माइतीघरमा प्रदर्शन