केपी ओलीले संविधानमाथि टेकेर संसद्को बलात्कार गरें -नेता खनाल

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले स‌ंसद्काे बलात्कार गरेको नेता झलनाथ खनालकाे आराेप छ। कुनै पनि प्रधानमन्त्रीले सनकको भरमा संविधानमाथि टेकेर संसद् भंग गर्न नसक्ने संविधान बनाएको भए पनि केपी ओलीले त्यसकाे ख्याल गरेनन्। 

पार्टीले आज आयोजना गरेको विरोध सभाको सम्बोधन गर्दै उनले भने, “मैँले अहिले पनि सम्झेको छु, त्यतिबेला त्यो बैठकमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली पनि थिए, त्यतिबेला नै कुनैपनि प्रधानमन्त्रीले सनकको भरमा संसद् विघटन गर्न नसक्ने खालको बनाउन पर्छ भनेर हामीले त्यस खाले संविधान बनाएका हौं” उनले भने।

तर अहिले आफैँले बनाएको संविधानमाथि घात गर्दै बलात्कार गरेको आरोप उनकाे छ। केपीओलीको कदमले देश अस्थिरताको भुमरीमा पर्ने भन्दै ति सबैलाई टालेर अघि बढ्नु पर्ने उनको जिकिर थियो। 

खनालले ओलीले गफैगफमा तीन वर्ष बिताएको भन्दै जनताले लोकतन्त्रको रक्षा गर्दै देशको विकास र समृद्धिका लागि दिएको भोट प्रधानमन्त्री ओलीले दूरुपयोग गरेको आरोप लगाएका छन्।

अन्य सम्बन्धित समाचार:  बहुमतको सरकारसँग निहुँ खोज्दिनँः सभापति देउवा