ओली प्रवृत्तिको आयु सकियो: माधव नेपाल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव नेपालले केपी ओली प्रवृत्तिको आयु सकिएको बताएका छन्। मंगलबार नेकपा प्रचण्ड नेपाल समूहको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निरंकुश बाटो समातेका प्रधानमन्त्री ओली र ओली प्रवृत्तिको आयु पुगेको बताएका हुन्।

प्रधानमन्त्री केपी ओलीमा कम्युनिष्टमा हुनुपर्ने गुण नै नभएको भन्दै उनले लोकतान्त्रिक गुणसमेत नभएको बताए। ‘पुस ५ गतेको निरंकुश कदमसँगै केपी ओली प्रवृत्तिको आयु पुग्यो’, अध्यक्ष नेपालले भने, ‘अब नेपाली जनता निरंकुश प्रविृतिको विरुद्ध दृढताकासाथ उभिएका छन्।’

ओलीले पुस ५ गते संविधानलाई खुट्टाले कुल्चिएको आरोपसमेत लगाएका छन्। ‘पुस ५ गतेका दिनमा कम्युनिस्ट पार्टीको एउटा नेताले जनताले संविधानको प्रावधानलाई खुट्टाले कुल्चिएर प्रतिनिधिसभाको विघटन गरेको छ। त्यो कुनै पनि हिसाबले उचित छैन’, नेता नेपालले भने।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री शाहीलाई साथ दिएका चारै एमाले सांसदलाई पदबाट हटाइँदै

यो निर्णय राजनीतिक र संवैधानिक र जनभावना अनुकुल नभएको उनले बताए। यो निर्णय नेपाल कम्युनिस्ट पार्टी नेकपा अनुरुप नभएको उनले प्रष्ट पारे। यो कदम जुनसुकै कोणबाट पनि अनुपयुक्त भएको उनको भनाइ छ। ‘केपी ओलीले त्यो निर्णय जुनसुकै कोणबाट हेर्दा पनि अनुपयुक्त छ। त्यो कदम जनता र हामी कम्युनिस्टलाई स्वीकार्य छैन। हामी असंवैधानिक कदमलाई अस्वीकार गर्दछौँ।