ओलीको शासन सत्ता टिक्दैनः अष्टलक्ष्मी शाक्य

काठमाडौं। नेकपा प्रचण्ड–माधव पक्षका नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीको शासन सत्ता टिक्न नसक्ने बताएकी छन्। मंगलबार भृकुटीमण्डमा विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेतृ शाक्यले जनताले राजाको निरंकुश शासन सडकबाटै फालेको भन्दै ओली शासनलाई पनि फाल्ने बताएकी हुन्।

केपी ओली निरंकुश र समान्ती शासक बनेको भन्दै उनले कमरेड केपी ओलीका रुपमा नरहेको बताइन्। ‘केपी ओलीले जनतामाथि धावा बोल्ने र अधिकार खोस्ने काम गर्नुभयो, अब उहाँ कमरेड केपी अ‍ोली होइन, प्रतिगमनकारी ओली बन्नुभयो’ शाक्यले भनिन्, ‘केपी ओली नेतृत्वको सरकारविरुद्ध दृढताका साथ अघि बढ्छौ। जनताका शक्तिका अगाडि कस्ता कस्ता शासक त ढले भने स्वभाविक रुपमा ओली सरकार पनि ढल्ने छ। ओलीको शासन सत्ता टिक्दैन।’

अन्य सम्बन्धित समाचार:  वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस

उनले मुलुकमा संघीयता र गणतन्त्र आएपछि, गर्व गरिरहेपनि प्रधानमनत्री ओलीले लोकतन्त्रमाथि धावा बोलेकाले आनदोलनमा जानु परेको बताइन्। ‘संविधानमाथि कू भएको छ। ओलीको यो कदम निस्तेज बनाउन, संसद सुचारु र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन आन्दोलन गरेका हौ’ शाक्यको भनाई छ।