प्रतिगमन नसच्चिएसम्म आन्दोलन रोकिदैन: नारायणकाजी श्रेष्ठ

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमका विरुद्ध सबै दल सडकमा आएको बताएका छन्। प्रचण्ड नेपाल समूहले राजधानीमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै नेता श्रेष्ठले सरकारको कदमले राजनीतिक दल, नागरिक समाजलाई सडकमा आउन बाध्य बनाएको बताएका हुन्।

उनले ऐतिहासिक राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न नेपाली जनता तयार छन् भन्ने कुरा विरोध प्रदर्शनमा सहभागी जनताको सहभागिताबाटै पुष्टि भएको पनि बताए। उनले प्रधानमन्त्री केपी ओलीको संसद भंग गर्ने असंवैधानिक र प्रतिगामी कदमका विरुद्ध प्रदर्शनमा सबै राजनीतिक दल र नागरिक समाजलाई धन्यवाद दिए। त्यसक्रममा उनले आन्दोलन शान्तिपूर्ण र मर्यादित हुने भन्दै आन्दोलन भाँड्न हुने षड्यन्त्रप्रति सचेत रहन आग्रह गरे।

अन्य सम्बन्धित समाचार:  भोलि नै लकडाउन हुन्छ भन्ने हल्ला फैलाए: प्रधानमन्त्री ओली

उनले प्रधानमन्त्रीको यो कदम नसच्चिएसम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिए।