केपी ओली एउटा निरंकुश तानाशाह हो: अध्यक्ष प्रचण्ड

काठमाडाैं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरंकुश तानाशाहकाे संज्ञा दिएका छन्। स‌ंसद् विघटनकाे विराेधमा नेकपाले मंगलबार काठमाडाैंमा आयाेजना गरेकाे कार्यक्रममा अध्यक्ष दाहालले आफूले केपी ओलीलाई बुझ्न नसकेको भन्दै ओली विचार र विधिको संयोजनबाट चल्न नसकेर बिचलित भइसकेको आरोप लगाए।

उनले भने,  ‘केपी एउटा निरंकुश तानाशाह हो, जसले यो देशलाई भड्खालोमा हाल्ने कुचेष्टा गर्दैछ।” आफैँले बनाएको संविधानको बलात्कार गरेका ओलीलाई इतिहासले क्षमा नदिने दाहालले उद्घोष गरे। उनले थपे, केपी ओलीको कदम प्रतिगामी कदम हो भनेर पूरै देशले भनिसकेको छ। अहिलेको कदमलाई सम्मानित सर्वोच्च अदालतले पनि बुझेर राजनीतिक दलको विरोधमा जान नसक्ने अध्यक्ष दाहालले आशा व्यक्त गरे। “यो हाम्रो पार्टीको मात्र आन्दोलन हैन, यो तमाम नेपाली जनताको आन्दोलन हो।  संविधान माथिकाे प्रहारलाई सच्याउने काम भएन भने भोलि आउने आँधीहुरीलाई कसैले पनि छेक्न सक्दैंन्।” 

समयमा नै गल्ती सच्चाँउदा जनताले क्षमा दिने भन्दै उनले २४० वर्ष लामो इतिहास भएको राजतन्त्रलाई फाल्न सक्ने जनताले प्रतिगामी तत्वहरुकाे जरा उखेल्ने बताए। 

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै