७०८ जना कोरोना संक्रमित थपिए, ७३१ डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जनाको नमुना परिक्षण गर्दा काठमाडौं उपत्यकामा ३९८ सहित देशभर ७ सय ८ जना नयाँ संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ।

यस्तै, थप ७३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९६.८ प्रतिशत हो।

देशभर सक्रिय संक्रमितको संख्या भने ६ हजार ३९६ रहेको छ। अहिले ३६५ जना क्वारेन्टिन र ६ हजार ३९६ आइसोलेसनमा रहेका छन्। गम्भीर २२८ जनाको आइसीयूमा र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८४३ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको मन्त्रालयले जनाएको छ।