काठमाडाैं। मंगलबार नेप्से सूचकका साथै कारोबार रकममा समेत सामान्य सुधार देखिएको छ। मङ्गलबारको बजार अन्तिममा सामान्य अङ्क बढेर बन्द भएको छ भने नेप्से सूचक ५. ५७ अङ्क बढेर २०१२. ८९ विन्दुमा पुगेको छ।
मंगलबार जम्मा २०९ वटा कम्पनीको ८० लाख कित्ता शेयर ४ अर्ब ९ करोड रुपैयाँमा खरिद बिक्री भयाे। अघिल्लो दिन ४ अर्ब भन्दा थोरैको शेयर कारोबार भएकोमा भने केही बढेको हो।
मंगलबार उत्पादनमूलक कम्पनीहरूमा लगानीकर्ता तानिए। त्यसैले आज उक्त उपसमूहको सूचक सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ।उत्पादनमूलक समूहका शिवम् सिमेन्टको शेयर मूल्य ५. ६७ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टिलरीको पनि ४ प्रतिशतले बढेको छ।
यता हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै १. १८ प्रतिशतले घटेको छ। हाइड्रोपावर कम्पनीहरूमा बिक्री चाप बढ्दा उक्त उपसमूहको सूचक घटेको हो।
आज कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
मंगलबार नबिल बैंकको सबैभन्दा धेरै ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको २७ करोड ९३ लाख, ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख, हिमालयन डिस्टिलरीको २० करोड र नेपाल लाइफको झण्डै १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
मंगलबार नागरिक लगानी कोषको शेयर मूल्य सबैभन्दा धेरै ९. ९९ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको पनि ९. ९८ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको ७. ५० प्रतिशतले बढेको छ।
यता मल्टिपर्पोज फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ४. ०९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३. ८६ प्रतिशत, युनाइटेड इदी मर्दीको ३. ७७ प्रतिशत र राधी हाइड्रोको ३. ७७ प्रतिशतले घटेको छ।