प्रदेश २ मा आइएमई ‘भरोसा कोश’, वितरण थालियाे

काठमाडौं। कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई लक्षित गरि शुरु आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ। मङ्गलवार प्रदेश नं २ को सिराहामा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि अरुण कुमार भण्डारीले संयुक्त रूपमा स्व. श्री प्रसाद मण्डलको श्रीमती मञ्जु कुमारी देवी लाई चेक हस्तान्तरण गरेका हुन्। 

आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग उपल्वध गराउने साेचका साथ थालिएकाे उक्त रकम आइएमई पे वालेट मार्फत पनि लिन सक्ने व्यवस्था मिलाइएको बताईएकाे छ। पुष मसान्तसम्म रकम हस्तान्तरण गरिसक्ने लक्ष्य आइएमईले राखेकाे छ।

कोभिड १९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा परेको पीडा कम गर्न भरोसा कोशको स्थापना गरिएको बताईएको छ। निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने अपेक्षा आइएमई गुप्रले  गरेकाे विज्ञप्ती मार्फत जनाएको छ।

 

अन्य सम्बन्धित समाचार:  फेरी बढ्यो सुनको मूल्य, तोलाको कति?