युनाइटेड प्रिमियर लिग : म्यानचेस्टर दोस्रो स्थानमा

एजेन्सी। म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा पुगेको छ।

मार्कस रासफोर्डले इन्ज्यूरी समयमा गोल गरेपछि वुल्भ्सलाई १–० गोलले हराउँदै म्यानचेस्टर दोस्रो स्थानमा पुगेको हो।

नियमित समयमा पाहुना टोली वुल्भ्सले ओल्ड ट्राफोटमा बहादुरीपूर्ण प्रदर्शन गरेको थियो। अन्तिम एक मिनेट संहालिन नसक्दा उसले अंक गुमायो।

इन्ज्यूरी समयको तेस्रो मिनेटमा बुर्नो फर्नान्डेजको पास उपयोग गरी रासफोर्डले निर्णायक गोल गरेका हुन्। जितपछि उसको १५ खेलबाट ३० अंक भएको छ।

समान खेलबाट शीर्ष स्थानमा रहेको लिभरपुलको २ अंक बढी छ। तेस्रो र चौथो स्थानमा रहेका क्रमसः लेस्टर र एभर्टनको समान २९ अंक छ।

अन्य सम्बन्धित समाचार:  आईपीएलः मुम्बईले कोलकतालाई हरायो