‘ओलीको शरीरमा स्त्रीको अंग मिसिएको मैले बोलेकै छैन’ : भीम रावल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले आफूले ‘प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा स्त्रीको अंग मिसिएको हुँदा दिमागले काम गरेन’ भनेर नबोलेको बताएका छन्।

केही सञ्चार माध्यममा आफूले बोल्दै नबोलेको कुरा बोलेको भनी समाचार सम्प्रेषण गरेको प्रति नेता रावलले गम्भीर आपत्ति प्रकट गरेका छन्।

नबोलेको कुरा सञ्चार माध्यमले खबर बनाएकामा रावलले सामाजिक सञ्जालमार्फत घोर निन्दा गरेका छन्।

सोमबार धनगढीमा आयोजित कार्यक्रममा आफूले ओलीका बारेमा त्यस्तो बोल्दै नबोलेको उनले स्पष्ट पारे। ‘मप्रति घृणा फैलाउन गरिएको कुप्रचारको घोर निन्दा गर्छु। म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु।’ नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्।

अन्य सम्बन्धित समाचार:  सरकार जस्तोसुकै चुनौतीको सामना गर्न तयार छ: मन्त्री गुरुङ