एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम खुल्यो

कक्षा १२

काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को रजिष्ट्रेसन फारम खुला गरेको छ। अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरूले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि एवं अन्य आवश्यक कागजात सम्बन्धित विद्यालयमा बुझाउन बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

यस्तै, यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरूका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ। आगामी वर्ष परीक्षा दिनका लागि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ।

सम्बन्धित विद्यालयहरूले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजस्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने छ।

अन्य सम्बन्धित समाचार:  ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।