ओली पक्षको प्रादेशिक भेला कार्की ब्यांक्वेटमा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली पक्षको प्रादेशिक भेला बुधबार काठमाडौंमा हुँदैछ।

दिउँसो १२ बजे कार्की ब्यांक्वेट बबरमहलमा ओली समूहले सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरुको भेला तथा प्रशिक्षण कार्यक्रम राखेको हो।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली आफैं उपस्थित हुने चर्चा छ।

यसअघि कार्की ब्यांक्वेटमै दुई दिनसम्म प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले देशवासीलाई सम्बोधन गर्दै