प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बुधबार बस्दैछ। दिउँसो १२ बजे पेरिसडाँडास्थित कार्यालयमा बस्ने बैठकले सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम तय गर्ने छ।

बैठकपछि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्ने नेता योगेश भट्टराईले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको विरोधमा प्रचण्ड–माधव समूहले हरेक दिन आन्दोलनका कुनै न कुनै कार्यक्रम जारी राख्ने निर्णय यसअघि नै गरेको थियो।

यसअघि, मंगलबार प्रचण्ड–माधव समूहले देशव्यापी प्रदर्शन गरेको थियो।