निराश हुँदै फर्कियो चिनियाँ टोली

काठमाडौँ। चार दिनको नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोली निराश हुँदै आज फर्केको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद मिलाउन आएको टोली एकता गराउन नसकेपछि फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपामा आन्तरिक किचलो बढ्दै गएको छ।

यही विवाद मिलाउन सकिन्छ की भनेर चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौसहितको टोली आइतबार नेपाल आएको थियो।

शीर्ष नेताहरुलाई पालैपालो भेटेपनि कुनै उपाय भने निस्किएन। विवाद समाधानका लागि टोलीले राष्ट्रपति भण्डारीलाई समेत भेटेको थियो।

टोलीले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेको थियो। नेकपालाई एक ठाउँमा ल्याउन चिनियाँ टोलीले कसरत गरिरहेकै बेला मंगलबार प्रचण्ड–नेपाल समूहको नेकपाले ओली विरुद्ध केन्द्रित रही देशभर प्रदर्शन गरेको थियो।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिबाट थप महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

यसबाट समेत चिनियाँ टोली आफ्नो उद्देश्य पूरा नहुने भनेर निराश बन्दै फर्किएको छ।