सय दिनभित्र १० करोड नागरिकलाई खाेप दिने बाइडेनकाे घाेषणा

काठमाडौं। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफूले पदभार ग्रहण गरेको एक सय दिनमा १० करोड अमेरिकी नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइसक्ने घोषणा गरेका छन्।

आउँदो जनवरी २० मा पदभार ग्रहण गरेको दिनदेखि १०० दिनभित्र १० करोड व्यक्तिलाई खोप लगाउन अहिले उपलब्ध गराइएको खोपको मात्रालाई पाँच गुणाले बढाउनुपर्ने उनले दाबी गरे। उनले आफूले यसअघि नै घोषणा गरेको खोपको लक्ष्य पूरा गर्न ट्रम्प प्रशासनले चासो नदेखाएको बताए।

कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अहिले गरिरहेको कामप्रति पनि उनले आलोचना गरेका छन्। ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड नागरिकलाई खोप लगाउने लक्ष्य लिए पनि त्यसअनुसार काम नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

अन्य सम्बन्धित समाचार:  नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु