‘मिस युनिभर्स नेपाल २०२०’ मा एनसेलको सहकार्य

काठमाडौं। एनसेलले ‘मिस युनिभर्स नेपाल २०२०’ का लागि सहकार्य गरेको छ।

एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘अनपज’ अभियान र ‘गो’ पहलअन्तर्गत ब्रेभ बोल्ड एन्ड ब्युटीफुल प्रालिसँग ‘मिस युनिभर्स नेपाल २०२०’ का लागि सहकार्य गरेको हो।

सहकार्यको उद्देश्य महिला सशक्तीकरण प्रवर्द्धन गर्ने तथा आफ्ना सपना साकार पार्न अघि बढिरहेका महिलालाई सहयोग गर्ने रहेको एनसेलले जनाएको छ।

‘एमयूएन एक समावेशी मञ्च हो, यसले नेपाली महिलालाई नेतृत्वदायी भूमिकामा पुर्याउन महिला सशक्तीकरणको क्षेत्रमा सहयोग पुर्‍याउने विश्वासका साथ काम गरिरहेको छ। यस सहकार्यअन्तर्गत एनसेल ‘कनेक्टेड बाई पार्टनर’को रुपमा आवद्ध भएको छ’ एनसेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एनसेलले हालै ‘महिलाका लागि ‘अघि बढौं’ नाराका साथ विषेश रुपमा तयार पारिएको ‘गो सिम’ प्याक बजारमा ल्याएको छ। एनसेलको ‘गो’ पहलको खास उद्देश्य प्रगतिशील महिलालाई आफ्ना लक्ष्य प्राप्तिका लागि अघि बढ्न प्रोत्साहन गर्नु रहेको र नेपालमा पहिलो पटक समावेशी दृष्टिकोणमा आधारित भएर अघि बढिरहेको एनसेलले स्पष्ट पारेको छ।

अन्य सम्बन्धित समाचार:  अनमोललाई ७५ लाख अफर गरेको फिल्मको यस्तो छ नाम!

एनसेलले पुस ११ गते उक्त उद्देश्यका साथ ‘मिस युनिभर्स नेपाल २०२०’ का उत्कृष्ट १८ प्रतिस्पर्धीसँग डा रवीना देशराज, प्रियङ्का कार्की र पूजा रिजालसँग अन्तक्र्रिया गराएको थियो। प्रतियोगिताको फाइनल बुधबार साँझ हुनेछ।

उत्कृष्ट १८ मा छानिएका मध्येबाट एक प्रतिस्पर्धीले ‘मिस युनिभर्स २०२०’को ताज जित्न सफल हुनेछिन्। ताजसँगै उनले २५ लाख रुपैयाँ बराबरको पुरस्कार पाउने छिन्। उनले आकर्षक नगद पुरस्कारका साथै विश्वमा हुने यस किसिमका प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछिन्।

एनसेलले महिलालाई लक्ष्यसम्म पुर्‍याउन थप सहयोग र प्रोत्साहन दिँदै सशक्तीकरणका लागि उक्त कार्यक्रममार्फत आवद्ध हुन पाएकामा खुशी मिलेको जनाएको छ। एनसेलमार्फत् विजयी प्रतियोगीले नेपाललाई विश्वमाझ चिनाउने मौका पाउनेछन्।