रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। रुपन्देहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत शुद्धोधन गाउँपालिका-१ का ७० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

उनमा गत मंसिर २७ गते कोरोना पुष्टि भएको थियो। उनलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो।

मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।

अन्य सम्बन्धित समाचार:  कोरोना सङ्क्रमणबाट स्टाफ नर्ससहित दुईको मृत्यु