आन्दोलनरत् स्वास्थ्यकर्मी र सरकारबीच वार्ता हुँदै

काठमाडौं। आन्दोलनरत स्वास्थ्यकर्मी र सरकारबीच बुुधबार वार्ता हुँदैछ। १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका २३ ओटा स्वास्थ्यकर्मी पेसागत संगठनसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो १ बजे वार्ता गर्न लागेको हो।

वार्तामा पेसागत संघ–संगठनका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्ज्वलकुमार शर्मालगायत सातजनाको टोली छ। मन्त्रालयका तर्फबाट सहसचिवस्तरीय तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ।

निश्चित समयभित्र सबै मागहरुमाथि सम्बोधन भएमात्र आन्दोलन फिर्ता लिने संघका अध्यक्ष डा. कार्कीले बताए। सरकारले वार्तामा बोलाएपछि हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ।

अन्य सम्बन्धित समाचार:  एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी