तीन सवारी आपसमा ठोक्किदा धनुषामा दुई जनाको मृत्यु

जनकपुर। पूर्व–पश्चिम राजमार्ग अन्तरगत धनुषामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन्। धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलस्थित भारतीय ट्रक र ईन्धन बोक्ने नेपाल आयल निगमको टयाङ्कर एक आपसमा ठोक्किदा को १ ख २३३८ ट्याङ्करका चालक मोरङ विराटनगर महानगरापलिका–४ बस्ने वर्ष ३६ का अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीलाकुमारको मृत्यु भएको हो।

पूर्व–पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो। सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट

भारतीय ट्रकका अर्का चालक र सहचालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ। तीव्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ।