काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपा केपी शर्मा ओली पक्षका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेला काठमाडौंमा जारी छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा दिउँसो १२ बजेदेखि सुरु हुने भनिएको भेला करिब डेढ घण्टा ढिलो गरी सुरु भएको हो।
भेलालाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विशेष संबोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रम सुरु हुनुअघि नै कार्यक्रमपरिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
साथै सुदूरपश्चिमका केही कार्यकर्ताको सानो समूह बानेश्वर–माइतीघरबाट प्रदर्शन गर्दै कार्यक्रमस्थल पुगेको थियो। दुई दिन अघि कार्की ब्यांक्वेटमा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक बसेको थियो।