वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले वाग्मती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ।

बुधबार काठमाडौंस्थित पेरिसडाँडामा बसेको बैठकले डोरमणि पौडेललाई हटाएर शाक्यलाई चयन गरेको हो।

यसअघि, शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरी उक्त समूहले अविश्वास प्रस्ताव पनि प्रदेशसभामा दर्ता गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापनविरुद्ध उच्च अदालतमा तीन मुद्दा