प्रचण्डपत्नी सीता अस्पताल भर्ना

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्। लामो समयदेखि बिरामी रहेकी सीतालाई बुधबार काठमाडौं भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको उनकी छोरी गंगा दाहालले जानकारी दिइन्।

प्रचण्डपत्नी सीता लामो समयदेखि बिरामी भएका कारण यसअघि पटकपटक विदेशका विभिन्न अस्पतालहरूमा उपचार गरिएको थियो। माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका वेला पनि सीता आफ्ना पति प्रचण्डसँगै भूमिगत भएकी थिइन्।

केही वर्षयता उनी शरीर कमजोर हुने विशेष प्रकारको रोगबाट ग्रसित छिन्।

अन्य सम्बन्धित समाचार:  भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि पूर्वी नाका सिल