बेलायतबाट पुस १ गतेदेखि २७७ जना नेपाल आए, ८४ जना बेपत्ता

काठमाडौं। बेलायतबाट नेपाल छिरेका ८४ जना सम्पर्कमा नरहेकाे पाइएकाे छ। बेलायतमा नयाँ स्वरुपकाे कोरोना संक्रमण फैलिएसँगै सुरक्षा सतर्कता अपनाए पनि त्यहाँबाट पुस १ गतेयता नेपाल प्रवेश गरेका २७७ मध्ये ८४ जना सम्पर्कविहीन रहेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत पुस १ गतेदेखि एक साता अवधिमा नेपाल प्रवेश गरेकाहरुको खोजी र निगरानी गर्ने योजना बनाए पनि सफल हुन नसकेकाे बुझिएकाे छ। नेपालमा कोरोनाको नयाँ स्वरुप भित्रन नदिने भन्दै बेलायतबाट आउनेहरुलाई प्रत्यक्ष निगरानी गर्ने भनिए पनि उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम नै प्रभावकारी हुन सकेको छैन।

यसले गर्दा ती व्यक्तिहरुकाे कन्ट्याक ट्रेसिङ गरी निःशुल्क पीसीआर परीक्षण गरी पोजिटिभ नतिजा आएकाे खण्डमा जीन सिक्वेन्सिङ गरी भाइरस नयाँ स्वरुपको हो वा होइन पत्ता लगाउने स्वास्थ्य मन्त्रालयकाे याेजनालाई बाधा पुगेकाे बताइएकाे छ।

अन्य सम्बन्धित समाचार:  कोहलपुर दुर्घटना: मृतक मध्ये ४ जनाको सनाखत

यसैबीच बेलायतमा नयाँ खाले कोरोना भाइरसकाे संक्रमण फैलिएको तथ्य सार्वजनिक भएसँगै नेपाल सरकारले गत मंगलबारदेखि बेलायत आवागमन बन्द गरेकाे छ।