जो मान्छेहरुले डुँगालाइ अघि बढ्न दिएनन्, ती किनारामै अड्किए: ओली

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरुले डुँगालाइ अघि बढ्न नदिएको र ती किनारामै अड्किएको बताएका छन्।
प्रचण्ड नेपाल समूहलाई लक्षित गर्दै उनले भने एकसाथ अघि बढ्न नसक्नेहरु किनारामा अड्किएकाे बताए।

काठमाडाैंको कार्की ब्याङ्क्वेटमा जारी नेकपा-ओली पक्षको भेलालाई सम्बोधन गर्दै वर्तमान राजनीतिक अवस्थाले सुदूरपश्चिमबाट चार जना मन्त्री बनेकाे बताँउदै उनले भने ‘अब सुदूरपश्चिम पछाडि पर्दैन, हामीले मार्गचित्र कोरिसकेका छौं। त्यहाँको उत्पीडनको कथाहरु निरन्तर रहन सक्दैन्। त्यसलाइ कम गर्छौं।’

प्रचण्ड पक्षको भेलामा अभिव्यक्त गरिएका केही प्रसंग स्मरण गर्दै उनले प्रश्न गरे, ‘उहाँहरुले हिजोको जुलुसमा के बोलेको? महिलाहरु प्रति उहाँहरुको दुष्टिकोण कस्तो रहेछ भन्ने बुझियोट्ठ”. ओलीले भने।

राष्ट्रिय राजनीतिमा कम्युनिष्टहरुको भूमिका ठूलो रहेको बताउँदै तत्कालीन समयमा जागेको चेतनाले कोही झापा आन्दोलनको नाममा शुरु भएर माले, एमाले हुँदै आजको अवस्थामा आइपुगेको प्रधानमन्त्री ओलीले स्मरण गरे।