थप ५११ जनामा कोरोना संक्रमण पुष्टि, ६ सय डिस्चार्ज

देशभर

काठमाडौं। नेपालमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ११० जनाको नमूना परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ।

यस्तै थप ६ सय जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ९ सय १२ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६२ क्वारेन्टाइनमा रहेक छन् भने ६ हजार ३ सय संक्रिय संक्रमित रहेका छन्।

२४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको मन्त्रालयले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  गृहमन्त्री बादल थापाको राष्ट्रिय सभाको संसद पद गुम्यो