म मित्रताले अँगालो हाल्छु, प्रचण्ड धृतराष्ट्रले जस्तो गर्छन्: प्रम ओली

पुन:स्थापना ओली

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड प्रति लक्षित गर्दै‌ आफूले जहिले पनि मित्रताले अँगालो मार्ने तर उनले धृतराष्ट्रले जसरी अँगाल्ने अभिव्यक्ति दिएका छन्। उनले प्रचण्डलाई षड्यन्त्रकारी नीति छाडेर सही राजनीतिमा आउन आग्रह गरेकाे भए पनि उनी बिच्केर हिँडे‌काे आराेप लगाए। ‘उहाँहरु बहुमत छ भन्दै हुनुहुन्छ, तर के को बहुमत’? ओलीले प्रश्न गरे।

५० वर्ष अघिदेखि आन्दोलनमा हाेमिँदै‌ आएकाे मान्छे‌लाई जालझेल गरेको भन्दै ओलीले प्रश्न गरे, “के राजनीति जादूगरले फरक औंलामा थुक लगाएर देखाएको जस्ताे हाे?”

“प्रचण्डसँगको सम्झौतामा सिंगो ब्रिफकेस भरियाे”,ओलीले भने।

उनले प्रचण्डतर्फ इंगित गर्दै भने ‘तपाईँ आफैं प्रधानमन्त्री चलाउनुस्, म कार्यकारी अध्यक्ष हुन्छु भनेर अघिल्लाे दिन भन्ने अनि भोलिपल्ट मैले त्यो निर्णय गलत गरेछु कि भनेर अस्थिर मानसिक्तामा प्रचण्ड हिंड्ने गरेकाे बताए।

अन्य सम्बन्धित समाचार:  अब सिंहदरबारमा पनि मन्त्रिपरिषद बैठक बस्ने

उनले पार्टी एकीकरणको प्रसंग उप्काउँदै प्रचण्डकै कारण तीन महिनाभित्र गर्ने भनिएकाे एकिकरण अढाइ वर्षमा बल्लबल्ल भएकाे उल्लेख गरे।

‘माधवकुमार नेपाल प्रचण्डको साधारण कार्यकर्ता हो’

प्रचण्डकै नेतृत्वमा भएको सशस्त्र आन्दोलनले धेरैको बिल्लिबाठ पारेको भन्दै ओलीले हिजो आन्दोलनमा लागेकाहरुलाइ प्रचण्डले छोड्दै गएको र उनी परिवारमा लिप्त रहेको आरोप लगाए। काली बहादुर खामहरुलाई प्रचण्डले किन बिर्सैदै गए र अहिले माधवकुमार नेपालसँग गठजाेर भएका प्रचण्डले स्वार्थ पूरा भएपछि माधवकुमारहरुलाई पनि छाड्ने बताए।

उनले थपे, ‘त्यसाे त मलाई माधव कुमार नेपालप्रति कुनै गुनासाे र टिप्पणी छैन। ‘माधवकुमार नेपाल प्रचण्डको साधारण कार्यकर्ता हो। यस्ता बबुराहरु प्रति कुनै गुनासो छैन’, उनले भने।

‘म मरेर काठको बाकसमा आँउछ पनि भने, म त प्लेनको सिटमा बसेरै आएँ’

वैशाखपछि ओलीको दिन सकियो भन्नेहरुलाई लक्षित गर्दै ओलीले भने, ‘म पहिला बिरामी भएँ, त्यो बेला पनि मेरो मृत्युको कामना गरे। म मरेर काठको बाकसमा आँउछ पनि भने। खै म त प्लेनको सिटमा बसेरै आएँ।’

अन्य सम्बन्धित समाचार:  माओवादीका प्रदेश प्रमुखले एमालेलाई सघाए

प्रधानमन्त्री ओलीले एक न एक दिन आफू मर्ने बताउँदै कसैले मृत्युको कामना गर्दैमा कसैलाई फरक नपर्ने भन्दै माधव कुमार नेपालप्रति व्यङ्ग्य गरे। वैशाखमा चुनाव नै हुँदैन भनेर उर्दी जारी गर्नेहरुलाई अहिलेदेखि नै सडक आन्दोलनभन्दा पनि चुनावको तयारीमा लाग्न ओलीको आग्रह थियो।