चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला

चितवन।

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा फेला परेको छ। निकुञ्जको मेघौली रेञ्जपोष्टको अन्द्रौलीघाट क्षेत्रमा २५ देखि ३० वर्षको भाले गैडा आज मृतावस्थामा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार सो गैँडा उमेर पुगी कालगतिले मरेको अनुमान गरिएको छ।

गैँडाको खाग र खुर सुरक्षित रहेको छ। मृत गैँडाको नियमानुसार परीक्षणका लागि आवश्यक नमूना परीक्षणका लागि भेटेरेनरी शाखामा पठाइएको उनले जानकारी दिए। उक्त गैँडा निकुञ्जको निगरानीमा रहेको जनाइएको छ। यस आर्थिक वर्षमा मात्रै चोरी शिकारका कारण चार र प्राकृतिक कारणले १५ गरी १९ गै‌ंडा मरेका छन्।