चितवनका आवेदकलाई आइएमई ‘भरोसा कोश’, वितरण

काठमाडौं।

कोरोना भाइरस महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई लक्षित गरि शुरु आइएमई ‘भरोसा कोश’ले चितवनमा रकम वितरण गरेकाे छ। 
गत पुस ९ गते बिहीबार चितवनमा आयोजित कार्यक्रममा आइएमई लिमिटेडका प्रबन्धक रोशन रखाल, आइएमई लिमिटेडका क्षेत्रीय प्रतिनिधि सुरज पौडेलले संयुक्त रूपमा आवेदक स्व. बुद्धि लाल सार्कीकी श्रीमति श्री सीता सार्की लाई चेक हस्तान्तरण गरेका हुन्। 

आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग उपलव्ध गराउने सोचका साथ थालिएको उक्त रकम आइएमई पे वालेट मार्फत पनि लिन सक्ने व्यवस्था मिलाइएको बताईएको छ। पुष मसान्तसम्म रकम हस्तान्तरण गरिसक्ने लक्ष्य आइएमईले राखेकाे छ।

कोभिड १९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा परेको पीडा कम गर्न भरोसा कोशको स्थापना गरिएको बताईएको छ। निजी क्षेत्रबाट स्थापित यस कोशले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने अपेक्षा आइएमई गुप्रले  गरेकाे विज्ञप्ति मार्फत जनाएको छ।

अन्य सम्बन्धित समाचार:  नेप्से ३७.५८ अंकले घट्यो