यमनको विमानस्थलमा बिस्फोट हुँदा २२ को मृत्यु

एजेन्सी। यमनको दक्षिणी शहर एडेनस्थित विमानस्थलमा बम बिस्फोटमा परी २२ जनाको मृत्यु भएको छ। बिस्फोटमा ५० जनाभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

जहाजमा यमनको नयाँ मन्त्रीमण्डलका सदस्य सवार रहेको बताइएको छ। उक्त जहाज नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमानस्थलमा अवतरण गरेको थियो।

अवतरणको केही छिनमै जहाजमा बिस्फोट भएको हो। प्रधानमन्त्री माइन अब्दुलमलिक सैदले आफू र आफ्नो मन्त्रीमण्डलका सदस्य सुरक्षित रहेको बताएका छन्। ज्यान गुमाउने र घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ।

आक्रमणको जिम्मा कसैले लिएको छैन। यमनमा सन् २०१५ देखि युद्ध जारी छ। हुथी बिद्रोहीलाई परास्त गरी राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाले त्यहाँ आक्रमण गर्दै आएको छ।

अन्य सम्बन्धित समाचार:  भारतमा पछिल्लो २४ घण्टामा १ लाख ६१ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

हासम्म युद्धमा परी एक लाख १० हजारभन्दा बढी यमनी नागरिकको ज्यान गइसकेको छ।