टिपरको ठक्करबाट चन्द्रागिरीमा दुई जनाको मृत्यु

काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। बुधबार राति चन्द्रागिरी नगरपालिका–१२, गुर्जुधारामा बा ४ ख २५७७ नम्बरको टिपर ठक्करले धादिङको गल्छी घर भइ थापथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभास गमालको मृत्यु भएको हो।

टिपरको ठक्करबाट बाटो काट्दै गरेका लामा र गमालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग, बलम्बुका प्रहरी निरीक्षक खेमराज राउतले जानकारी दिए। उनीहरु एक होटल व्यवसायीको पार्टीमा गएर फर्किएका थिए।

टिपर र चालक रामचन्द्र थापा प्रहरीको नियन्त्रणमा छन् ।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चमा प्रस्तावित दुई न्यायाधीशको संसदीय सुनुवाइ हुँदै