ओली र प्रचण्डबीच टेलिफोन वार्ता

काठमाडौं। संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक टेलिफोन वार्ता भएको छ।

बुधबार साँझ मन्त्रिपरिषद् बैठक सकिएलगत्तै ओलीले प्रचण्डलाई टेलिफोन गरेका हुन्। प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन ओलीले फोन गरेका हुन्।

प्रधानमन्त्रीले सीता दाहालको स्वास्थ्य लाभको कामना गरेको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। दुवै जनाबीच अन्य संवाद के भयो भन्नेबारे भने थापाले केही खुलाएनन्।

यसैबीच अर्थमन्त्री विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङले ललितपुरको मेडिसिटी अस्पताल पुगेर सीता दाहालको श्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। दुवै नेता हाल ओली समूहमा छन्।

अन्य सम्बन्धित समाचार:  माथिल्लो तामाकोशीमा भइरहेको कामप्रति ओलीको आक्रोशः किन ढिलाइ भयो?