नर्वेमा पहिरो जाँदा ११ बेपत्ता

एजेन्सी। नर्वेको राजधानी ओस्लो नजिकैको एउटा गाउँमा पहिरो जाँदा ११ जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा १० जना घाइते भएका छन्।

बेपत्ताहरुको खोजी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजधानी ओस्लोबाट २५ किलोमिटर उत्तर–पश्चिममा रहेको जेर्ड्रूम गाउँमा पहिरो गएको हो।

बेपत्ता हुनेमा बालबालिका पनि छन्। पहिरो गएको गाउँका ९०० जनालाई सुरक्षित स्थानमा सारिएको छ।

केही व्यक्ति अझै पहिरोको हराइरहेको बताइएको छ।

अन्य सम्बन्धित समाचार:  नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु