त्रिवि सेवा आयोगको परीक्षा माघ २५ गतेदेखि हुने

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सेवा आयोगको परीक्षा माग २५ गतेदेखि हुने भएको छ। आयोगले बिहीवार एक सूचना जारी गर्दै आगामी माघ २५ बाट फागुन २३ गतेसम्म पदअनुसारको लिखित परीक्षा हुने जनाएको छ।

आयोगले खुला तथा समावेशी प्रतियोगिता अन्तर्गत प्रशासनिक र प्राविधिक पदहरूमा मंसिर १५ मा गरेको विज्ञापनअनुसार दरखास्त स्वीकृत भएका उम्मेद्वारहरुको लिखित परीक्षा हुन लागेको हो। आयोगका अनुसार आवेदन दिएकामध्ये त्रिवि कर्मचारीको नियुक्ति तथा बढुवाको सिफारिस सम्बन्धी विनियम २०७३ (२०७६ को संशोधनसहित) मा भएको व्यवस्थाअनुसार दरखास्त स्वीकृत भएकाहरू मात्रै परीक्षामा सहभागी हुन पाउने बताइएको छ।

आयोगले मंसिरमा सूचना जारी गर्दै २५ भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको थियो।

अन्य सम्बन्धित समाचार:  खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु