बुबाको निधनको शोकमा मेयरले दिए सार्वजनिक विदा

झापा। स्थानीय तहमा मनपरी बढ्दै गएको छ। स्थानीय तहका नेतृत्वकर्ताले सरकारी मापदण्ड र नियम प्रक्रिया मिचेर आफ्नै नियम लागू गर्न थालेका छन्।

झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले आफ्नो बुबाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिएका छन्।

नगर प्रमुख पोखरेलका बुबा गणेशप्रसादको बुधबार ८७ वर्षको उमेरमा निधन भएको थियो। बुबाको निधनको शोकमा नगरपालिकाले आज एक दिन नगरपालिकाभर सार्वजनिक विदाको निर्णय गरेको छ।

गरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले एक सूचना सार्वजनिक गर्दै कनकाई नगरपालिका कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थामा सार्वजनिक विदा दिने निर्णय गरेका छन्।

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशः प्रदेशसभा बैठक माग गर्नका लागि तीन दल छलफल गर्दै