काठमाडौंको तापक्रम शून्य डिग्रीमा झर्‍यो

काठमाडौं। काठमाडौं उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ। बिहीबार विहान पौने ६ बजे मापन गर्दा काठमाडौंको न्यूनतम तापक्रम १.२ डिग्री थियो। पौने ९ बजे मापन गर्दा तापक्रम थप घटेर ०.८ डिग्री सेल्सियस पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसमविद् राजु प्रधानांगका अनुसार यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो।

उनका अनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८.५ छ। यसैगरी दिपायलको न्यूनतम तापक्रम ०.४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम १.९ डिग्री सेल्सियस छ।

मौसमविद प्रधानांगले केही दिनयता चिसो बढ्ने सम्भावना रहेको समेत जानकारी दिए।

तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै गएको पनि लाग्ने बताए। पानी पर्ने प्रणाली भने तत्काल नदेखिएको उनले बताए।

अन्य सम्बन्धित समाचार:  प्यूठान दुर्घटनाका ६ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइँयो